site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेट परम्परागतभन्दा नयाँ छ : अध्यक्ष राई
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले बजेट परम्परागतभन्दा नयाँ रहेको प्रतिक्रिया दिएका छन् ।

उनले बजेटले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रस्तावहरू ल्याएको बताए । पूरानोदेखि चलि आएका राष्ट्रिय महत्त्वका योजनाहरू अघि बढाउने र तिनीहरूलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम बजेटमा उल्लेख भएको बताए ।

बजेट बजेटका रूपमा मात्रै नआएको भन्दै उनले बजेट कार्यान्वयन गर्ने संयन्त्रहरूलाई मैत्रीपूर्ण बनाउने ढंगले आएको बताए ।

उनले भने, "नयाँ बजेट परम्परागतभन्दा नयाँ नै छ । यसले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रस्तावहरू लिएर आएको छ । पूरानोदेखि चलि आएका राष्ट्रिय महत्त्वका योजनाहरू अघि बढाउने र तिनीहरूलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम गरेको छ ।"

नेता राईले नारीलाई विकास, राजनीति र उत्पादनको क्षेत्रमा प्रभावकारी बनाउने ढंगले बजेट आएको बताए । उनले बजेट कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्