site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको ७२ लाखसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले ७२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले भोजपुरका भीमसेन बिक र खेमराज बिकलाई स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरूलाई चाबहिलमा रहेको लुम्बिनी गेस्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान जारी छ । प्रहरीको सोधपुछका क्रममा उनीहरूले आफूहरू सुन व्यवसायी रहेको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्