site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकले गर्‍यो न्यू होटल पिस प्यालेस र होटल द राजन बाग्लुङसँग छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बाग्लुङमा अवस्थित न्यू होटल पिस प्यालेस र होटल द राजनले विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा न्यू होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल द राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सबै सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

‘बैंक अफ द इयर, २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले देशभर ३०२ शाखा कार्यालय, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्