site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जीबी, छवि वा रवि होस् कि कवि सबैको छानबिन गरिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले गृहमन्त्री रवि लामिछानेको नाम नलेखे पनि गोरखा मिडिया नेटर्वकको एक/एक खाता पल्टाउने बताएका छन् । उनले समितिले ‘गोरखा मिडिया नेटर्वकको मालिक जीबी, छवि वा रवि होस् कि कवि सबैको छानबिन गर्छ, बयानमा बोलाउँछ’ भन्ने विश्वास आफूलाई भएको उल्लेख गरे ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सदनमा अन्तर्राष्ट्रिय समिति बनाउन पनि तयार छौँ भन्नेहरूले बन्द कोठामा भने लामिछानेको नाम लेख्न नमानेको बताए । सदनलाई ढाँट्ने महान्यायधिवक्ता वा प्रहरी प्रमुखलाई समितिले बयानमा बोलाउँछ भन्नेमा कांग्रेस ढुक्क भएको समेत उनले बताए ।

सदन चटक देखाउने ठाउँ नभएको र सदनबाहिर पनि संसदीय गरिमा हुने भन्दै उनले ‘आत्महत्या गरे पनि समिति बन्दैन, हाम्रो सभापतिले गल्ती गरे सबै सती जान्छौँ, तर प्रमाण नभए झुन्डिन तयार हो ?’ भन्नेजस्ता विषय सुनेको उल्लेख गरे ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्