site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा नौजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँगाचोकगढी नगरपालिका–५, धाउचेतका दावा तामाङलगायत व्यक्ति छन् ।

दावाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (हिजो) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीहरूका साथबाट प्रहरीले नगद २० हजार ३८० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्