site stats
बाह्रखरी :: Baahrakhari
देश
कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं । प्रहरीले कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर लामा (सीबी लामा)लाई पक्राउ गरेको छ ।

कान्तिपुर सहकारीको करिब दुई अर्ब रकम अपचलन गरेको आरोपमा फरार रहेका लामालाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

चितवनबाट पक्राउ परेका लामालाई काठमाडौं ल्याइँदै गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । 

एसएसपी भट्टाराई भने, “करिब ८ अर्ब रकम अपचलन भएको भनिएको छ । तर, हामीलाई २ अर्ब अपचलनको उजुरी आएपछि पक्राउ गरेका हौँ ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्