site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले भन्यो– मधेस सरकार गठनबारे कुनै सहमतिमा छैनौँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिने विषयमा कुनै सहमति नगरेको जनाएको छ ।

मधेस प्रदेशका सचेतक कनिश पटेलले पार्टीले सहमति नगरेको भन्दै एमाले–माओवादीले 'स्टन्ट' गरेको आरोप लगाए ।

“मधेस प्रदेश सरकारका विषयमा हामीले कुनै सहमति गरेका छैनौँ । हाम्रो सहमति भनेर स्टन्ट गरियो,” उनले बाह्रखरीसँग भने ।

यसअघि नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले पाँच दलबीच जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको जानकारी दिएका थिए ।

उनले एमाले, नेकपा (माओवादी), जनमत, एकीकृत समाजवादी र जनमतबीच सरकार बनाउने सहमति भएको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्