site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड जाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्यान्डको जेनेभा जाने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो ।

बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमणसमेत स्वीकृत गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्