site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री 

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्ता गठबन्धनमा नै रहने बताएका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणभन्दा बाहिर जाँदैन ।” 

उनले मधेस प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । “माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनु भएको त थियो” प्रधानमन्त्री प्रचण्डले भने, “बिहान मेरो कुरा हुँदा उहाँले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भन्नुभयो ।” 

समीकरणभन्दा बाहिर मधेसमा पनि अर्को सरकार नबन्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । प्रधानमन्त्री प्रचण्ड रोजगार मेला उद्घाटन गर्न विराटनगर आएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्