site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल बूढानीलकण्ठ पुगेको भोलिपल्ट प्रचण्ड र खनालबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

बिहान ९ बजेदेखि करिब ४५ मिनेट भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल गरिएको खनालको सचिवालयले जनाएको छ । संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार (हिजो) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएका थिए । मधेस सरकारको विश्वासको मतका विषयमा नेपालसहित विपक्षी दलका नेताहरूबीच छलफल गरिएको नेताहरूको भनाइ छ । नेता नेपाल हिजो बूढानीलकण्ठ पुगेपछि प्रधानमन्त्रीले खनालसँग छलफल गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्