site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आन्तरिक र बाह्य घटनाक्रमले विकासको गति तीव्र हुन सकेन : अर्थमन्त्री पुन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै संविधान निर्माणमा लागेको लामो समय, राजनीतिक संक्रमण, भूकम्प, कोभिड–१९ जस्ता आन्तरिक र बाह्य घटनाक्रमले विकासको गति तीव्र हुन नसकेको जनाएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै उनले भने, “गुणस्तरीय पूर्वाधारको कमी, दक्षजनशक्तिको न्युनता तथा उत्पादन, उत्पादकत्व र रोजगारीमा अपेक्षित वृद्धि हुन नसकेको कारण आर्थिक वृद्धिको दर न्यून हुन पुग्यो ।” 

यसबाट गरिबी र असमानतामा अपेक्षित कमी आउन नसकेको उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्