site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ३.९३ अंकले बढ्यो, १४९ कम्पनीको सेयर मूल्य वृद्धि, ९० को घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३.९३ अंकले बढेको छ । नेप्से परिसूचक ०.१८ प्रतिशतले बढेर २११३.२७ विन्दुमा बन्द भएको हो ।

१४९ कम्पनीको सेयर मूल्य बढेको छ । ९० कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन तीन अर्ब ८९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार (हिजो) चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ, होटेल तथा पर्यटन र निर्जीवन बिमा समूहको परिसूचक घटेको छ । बाँकी १० समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा लगानी समूह छ । यो समूहको परिसूचक १.८० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्