site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समिति गठनको सामान्य मागले सदन अवरुद्ध : कृष्ण सिटौला
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामान्य विषयलाई लिएर संसद् अवरोध हुन पुगेको बताएका छन् । गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद् अवरोध हुन पुगेको बताएका हुन् । 

सहकारीको बचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेकाले छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । 

नेता सिटौलाले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि छानबिनका लागि संसद्‌मा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रूपमा लिनुपर्ने बताए । 

कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गर्दै उनले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दाबी गरे । 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्