site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फार्म हाउस होटेल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित फार्म हाउस होटेल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

गएको शुक्रबार एक कार्यक्रमबीच फार्म हाउस होटेलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड र बैंकका अरू कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटेलमा उपलब्ध आवास, खाना र मनोरञ्जनलगायत सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एग्रो मनाङ प्रालिले विगत पाँच वर्षदेखि सञ्चालन गरिरहेको फार्म हाउस होटेल मनाङकै सुविधासम्पन्न होटेलका रूपमा परिचित छ ।

यस्तै, ग्राहकको रोजाइको अग्रणी बैंकका रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्