site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमति बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनुअघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बजेट वक्तव्य आउनुअघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् । 

उनले आफूले सदनमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । कार्यादेश (टीओेआर) बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज (आइतबार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए । 

प्रधानमन्त्रीले भने, "मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमति र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महसुस गरेका छौँ ।" 

उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टीओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्