site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहमतिमा पुग्न जुटे कार्यदल सदस्य

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो ।

कार्यदल सदस्यबाहेक पार्टीका अरू नेता पनि बैठकमा सहभागी भएका छन् । भोलिको संसद् बैठकअघि निष्कर्षमा पुग्ने गरी नेताहरूले छलफललाई तीव्रता दिन लागेका छन् ।

कार्यदलको बैठक यसअघि पनि पटक–पटक बसेको थियो । तर, सदस्यहरूले आफ्नो दलीय अडान कायमै राख्दा सहमति हुन सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै छानबिन गर्न समिति बनाउनुपर्नेमा जोड दिइरहेको छ । सत्तापक्षले व्यक्तिकेन्द्रित समिति बनाउन अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्