site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२, मनवलिया का ३४ वर्षीय शिवकुमार कुर्मी छन् ।

दाङको घोराहीकी ६६ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बिहीबार (हिजो) बिहान कुर्मीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको बुधबार राति घोराहीस्थित महिलाको घरमा ढोका फोडेर प्रवेश गरी बलात्कार गरेर फरार रहेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्