site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका राष्ट्रपतिको अन्त्येष्टि

काठमाडौं । इरानको राजधानी तेहरानमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका राष्ट्रपति इब्राहिम रइसी र उनका सहयात्रीको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा ठूलो संख्यामा मानिसको सहभागिता थियो । 

रइसीसँगै विदेशमन्त्री होसेन, अमिर–अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक रहमाती र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेता मोहम्मद अली अले–हासेम हेलिकोप्टरमा सवार थिए । 

राष्ट्रपति सुरक्षा टोलीका प्रमुख मेहदी मौसावी, हेलिकोप्टरका पाइलट र को–पाइलट क्रमशः ताहेर मुस्ताफावी र मोहसेन दर्यानौश तथा विमान चालक दलका सदस्य बेहरुज कादिमीको निधनमा शोक व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्