site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारीमा अर्बौं दुरुपयोग भएको छ, सरकार छानबिनलाई तयार छैन : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरुपण हुनुपर्ने बताएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकपछि बोल्दै डा. महतले यस्तो बताएका हुन् । 

“सहकारीमा अर्बौं दुरुपयोग भएको छ, सरकार छानबिनका लागि तयार छैन,” उनले भने । 

Argakhachi Cement Island Ad

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । सोही विषयलाई सदनमा पनि उठाइरहेको उनले बताए । तर, सभामुखले संसद्को गरिमा पालना गर्न नसकेको उनले बताए । 

“सत्ता दुरुपयोगलाई लिएर सदनमा कुरा उठाइरहेका छौँ, संसदीय मर्यादाको खिलाफमा सरकार प्रस्तुत भएको छ । सभामुखले सदनको गरिमा पालना गर्न सक्नुभएको छैन,” उनले भने । 

सरकार निरंकुशताउन्मुख भइरहेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

कांग्रेसले जेठ १३ गते दिउँसो २ बजे काठमाडौं जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसपश्चात सातै प्रदेश र जिल्ला जिल्लामा प्रदर्शन हुने जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्