site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । 

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

बैठकमा देशको समसामयिक परिस्थितिको समीक्षा हुने जनाइएको छ । साथै, आगामी शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल र एजेन्डा तय गरिने श्रेष्ठले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्