site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको सम्पत्ति : पाँच तोला सुन, अरू के छ ? 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ । जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ ।

त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा १४ कठ्ठाको घरघडेरी रहेको उल्लेख छ । जुन स्व. श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा जनाइएको छ । त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । २५ लाख रुपैया बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्