site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘सहमति गरेर हाउसको गतिरोध अन्त्य गर्ने सहमति भयो’

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन गठित कार्यदलको बैठकमा सहमति गरी संसद्को गतिरोध अन्त्य गर्ने सहमति गरिएको छ । कार्यदलका सदस्य समेत रहेका नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए ।

मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उक्त प्रकरणमा मध्यमार्गी प्रस्ताव खोज्ने विषयमा छलफल गरिएको उनले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका प्रतिनिधिले समितिको कार्यादेश नबनाइँदासम्म संसद्को अवरोध कायमै राख्ने जानकारी गराएको बर्तौलाले बताए । छलफल सकारात्मक भएको उनको भनाइ छ ।

“सकारात्मक भयो । हाम्रो टिममा बसेर छलफल गर्नुपर्छ । उहाँहरुले पनि छलफल गर्नुपर्छ,” उनले भने, “बाहिर आएजस्तो सहमति भएको छैन । सहमति गरेर हाउसको गतिरोध अन्त्य गर्ने सहमति भयो ।”

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्