site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कंगोमा ‘कू’को प्रयास असफल, तीन अमेरिकीसहित ५० जना पक्राउ
तस्बिर : एपी ।

कंगो । अफ्रिकी मुलुक कंगोमा ‘कू’ गर्न राष्ट्रपति भवनमा आक्रमण गर्ने तीन अमेरिकीसहित ५० जनालाई पक्राउ गरी उक्त प्रयास असफल पारिएको त्यहाँको सेनाले जनाएको छ ।

उक्त आक्रमण स्वनिर्वासित विपक्षी नेता क्रिस्चियन मलंगाले स्थानीय समयानुसार बिहान ४ बजे सुरु गरेको जनाइएको छ । मलंगा त्यसक्रममा मारिएको कंगोको सेनाले जनाएको छ ।

मलंगाका छोरासहित तीन अमेरिकी नागरिकलाई पक्राउ गरिएको सेनाको भनाइ छ । पक्राउ परेकासँग सेनाले सोधपुछ गरिरहेको जनाइएको छ । न्युयोर्क टाइम्सबाट ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्