site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले भन्यो- सभामुख दलको कार्यकर्ता जसरी प्रस्तुत भए 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ । 

सोमबारको प्रतिनिधिसभा बैठकमा आफूहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिने प्रक्रिया अघि बढाएको भन्दै सभामुख घिमिरे दलको कार्यकर्ता जसरी प्रस्तुत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । 

सोमबार बसेको संसदीय दलको बैठकमा उनले भने, ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताको रूपमा संसद् प्रस्तुत हुने सभामुख जस्तो पदका लागि शोभयनीय हुँदैन ।” 

कांग्रेसले सभामुख घिमिरेलाई पदको मर्यादा ख्याल गर्न सुझाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्