site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी जवानको हत्या आशंकामा पाँचजना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा तार्केश्वर नगरपालिका–९, मनमैजुमा घिमिरेको हत्या भएको थियो ।

Argakhachi Cement Island Ad

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्