site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक जेठ ६ गते बस्ने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गते बस्ने भएकाे छ । आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

आज बिहान बोलाइएको बैठक दिउँसोलाई सारिएको थियो । संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्