site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अझै सुरु हुन सकेन प्रतिनिधिसभा बैठक, नेताहरू छलफलमै

काठमाडौं । सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका स्थागित गरिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । निर्धारित समयभन्दा ४५ मिनेट हुँदा पनि बैठक सुरु हुन नसकेको हो ।

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको विषयमा सहमति नजुट्न नसक्दा बैठक बस्न सकेको छैन ।

सत्ता पक्षका नेताहरू प्रधानमन्त्रीको कार्यकक्षमा छलफलमा छन् । प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू पनि छलफलमा जुटेका छन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सत्तापक्ष गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउन सकिने बताउँदै आएको छ । प्रतिपक्ष कांग्रेस भने समिति नबन्दासम्म बोल्न नदिने अडानमा छ । कांग्रेस गृहमन्त्रीको नामै किटेर समिति बनाउनुपर्ने बटमलाइनमा छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्