site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारियो 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि सारिएको छ । 

सत्तारूढ दलको बैठकसहित तयारी आवश्यक हुने भन्दै प्रधानमन्त्रीले बैठक सार्ने निर्णय गरेपछि सभामुखले दिउँसो ४ बजेसम्म बैठक स्थगितको सूचना निकाल्न सचिवालयलाई निर्देशन दिएका थिए । सचिवालयले सूचना जारी गर्दै बैठक सारेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेलाई फोन गरी बैठक पछि सार्न आग्रह गरेका थिए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको संलग्नासहित सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति माग गर्दै आएको छ । अघिल्लो अधिवशेनबाटै कांग्रेसले संसदीय समिति माग गरेकोमा सत्तापक्षले टार्दै आएको छ । 

पछिल्लो समय संसद् अवरोध गर्दै कांग्रेसले सहकारीसँगै गिरीबन्धु प्रकरण पनि उठाउने उद्घोष गरेसँगै सत्तारुढ दलका नेताहरू निरन्तर छलफलमा जुटेका छन् ।

Pratinidhi-sava-baithak-1715841694.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्