site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई म्यासेज पठाएको छ । 

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन म्यासेज आएको सांसद रामहरी खतिवडाले जानकारी दिए । उनका अनुसार संसदीय दलबाट बैठकमा उपस्थित हुन म्यासेज आएको हो । 

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आएको छ ।  बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक साढे ११ बज्न लाग्दा समेत सुरू भएको छैन । 


 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्