site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । मंगलबार अपराह्न बसेको राष्ट्रियसभा बैठकमा सहकारी रकम अपचलन गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर कांग्रेसले अवरुद्ध गरेको हो । 

कांग्रेसको अवरोधका कारण बैठकमा धन्यवाद प्रस्ताव प्रस्तुत हुन सकेन । यसअघि मंगलबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलाई धन्यवाद दिन ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची थियो । तर, कांग्रेसको अवरोधका कारण पेस हुन सकेन । 

राष्ट्रिय सभाको अर्को यही जेठ ३ गते बिहीबार दिउँसो सवा १ बजे बस्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्