site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रहरीको अवकाश हुने समय अवधिमा हेरफेर हुने

काठमाडौं । सरकारले आगामी वर्ष प्रहरीको सेवाबाट अवकाश हुने अवधिमा हेरफेर गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रहरीको सेवा अवधिमा पुनरवलोकन गरिने बताएका हुन् । 

बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने पनि राष्ट्रपति पौडेलले बताए । 

सुरक्षा निकायलाई आवश्यक भौतिक पूर्वाधार, उपकरण बन्दोबस्ती, प्रविधिजस्ता स्रोत साधन सम्पन्न तुल्याउने पनि बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्