site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुटक्याम्प चलाएर तत्काल जनशक्ति उत्पादन गरिने

काठमाडौं । सरकारले बुटक्याम्प मोडल कार्यक्रम सञ्चालन गरी तत्काल आवश्यक जनशक्ति उत्पादन गरिने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

संघीय संसद्को संयुक्त बैठकमा उनले भने, “सार्वजनिक निजी र सम्बद्ध क्षेत्रको सहकार्यमा बुटक्याम्प मोडल कार्यक्रम सञ्चालन गरी तत्काल आवश्यक जनशक्ति उत्पादन गरिनेछ ।”

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्