site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन’ कार्यक्रम सञ्चालनमा आउने 

काठमाडौं । सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै, अनुकूलन क्षमता वृद्धि गरी उत्पादनशिलता हासिल गरिने उनले बताए ।

मंगलबार संघीय संसद्का संयुक्त बैठकमा उनले भने, “उच्च हिमश्रृंखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलितरूपमा सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन’ कार्यक्रम सञ्चालन गरिने ।”

जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषको अधिकतम उपयोग गरिने उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्