site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने नीति लिएको छ ।

मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी गराए । 

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलित, महिला तथा सीमान्तकृत समुदायको उद्यमशीलता विकास गर्ने जनाइएको छ । आगामी आर्थिक वर्षमा एक हजार लघुघरेलु उद्योगीलाई व्याजमा अनुदान तथा प्रविधि उपलब्ध गरिने राष्ट्रपति पौडेलले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्