site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले गिरीबन्धु टी–इस्टेटको विषय सदनमा उठाउने 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु टी–इस्टेटका विषयलाई सदनमा उठाउने भएको छ । 

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा गिरीबन्धु टी–इस्टेटका विषयमा सदनमा उठाउनुपर्ने विषयमा छलफल भएको छ । महामन्त्री गगनकुमार थापाले अदालतबाट भएको गिरीबन्धु टी–इस्टेटका विषयमा अदालतले गरेको फैसलाबारे जानकारी गराएका थिए । 

साथै बैठकमा गोकर्ण रिसोर्ट, यति होल्डिङलगायत भ्रष्टाचार र अनियमितताका विषयलाई सदनमा उठाउनुपर्ने विषयमा छलफल भएको एक सांसदले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्