site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने 
फाइल तस्बिर ।

विराटनगर । नेकपा (एकीकृत समाजवादी)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले यसअघि कार्कीलाई विश्वासको मत नदिने जनाएको थियो ।

केन्द्रीय नेताहरूको निर्देशनपछि उक्त पार्टीका प्रदेशसभा सदस्यले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लागेका बताइएको छ ।

प्रदेशसभाको बैठक आजका निम्ति तय छ । बजेट अधिवेशन सुरु हुने दिन नै कार्कीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिलाउने प्रतिबद्धता व्यक्त भएको उक्त पार्टीका एक नेताले बताए । कोसी सभामा एकीकृत समाजवादीका चार सांसद छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्