site stats
बाह्रखरी :: Baahrakhari
देश
नियमित खोप छुटेका बालबालिकालाई आज खोप लगाइने 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते (आज) खोप दिने भएको छ । बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । 

अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको हो । 

खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ । राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मिएदेखि १५ महिना पूरा हुँदासम्म विभिन्न रोगविरुद्धको १८ मात्रा खोप पूरा गर्नु पर्छ । 

khop-1715156929-1715564530.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्