site stats
बाह्रखरी :: Baahrakhari
खेल
तेक्वान्दो खेलाडीको बिदाइ
Argakhachi Cement Island Ad

काठमाडौं । भियतनाममा हुने आठौँ एशियान पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

जेठ १ र २ गते सञ्चालन हुने प्रतियोगितामा ४० वर्षमुनिको उमेर समूहको व्यक्तिगत पुम्सेमा आयसा साक्यले प्रतिष्पर्दा गर्नेछिन् । ३० वर्षमुनिको जोडी तथा व्यक्तिगत पुम्सेमा निसा दर्नाल र अश्मिन राउतले भाग लिनेछन् ।

विश्व तेक्वान्दो तथा एसियन तेक्वान्दो युनियनले आयोजना गरेको प्रतियोगितामा भाग लिन खेलाडीहरू आइतबार राति नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २३:०४
प्रतिक्रिया दिनुहोस्