site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरूले धारणा व्यक्त गरिरहेका छन् ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, हालसम्म १७ सदस्यले धारणा राखेका छन् । पार्टीको आउँदो महाधिवेशनलक्षित बैठक बसेको हो । भोलि पोलिटब्युरो बैठक बस्दै छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्