site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

हिजो (शनिबार)देखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए भने महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।

स्थायी कमिटी बैठक सकिएलगत्तै पोलिटब्युरो बैठक समेत बोलाइएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्