site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकै दिन २३  सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ३५ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे । 

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर कारोबार भएको हो । शुक्रबार चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्