site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत सुरु 

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ । सांसदको सनाखत गराउन प्रदेश प्रमुख पर्शुराम खापुङले निर्देशन दिएका थिए ।

एमाले–माओवादीका ५२ सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरिरहेका छन् । दुई दलका ५२ सांसदले हस्ताक्षर गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न समर्थन गरेका सांसदलाई परिचय पत्रसहित उपस्थित गराइ सनाखत गर्न निर्देशन दिएका थिए । 

दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरी कार्कीलाई विश्वासको मत लिन भनेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्