site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

मुलुकको वर्तमान राजनीतिक परिस्थिति र आगामी राष्ट्रिय महाधिवेशनसहितका विषयमा निर्णय लिन पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठक आह्वान गरेका हुन् ।

बैठक वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने तय भएको छ ।

पत्रमा राजनीतिक समिति सदस्य, केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

पार्टी विभाजन भएपछि यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्