site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पत्रकार सम्मेलन गर्दै जसपा नेपाल
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरका हुने जनाइएको छ ।

अशोक राइको नेतृत्वमा जसपा, नेपाल विभाजन भई सोमबार जसपा दर्ता भएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादव अमेरिकामा रहेका बेला पार्टी विभाजन भएको थियो । पार्टी विभाजनपछिको परिस्थिति, सरकारको सहभागिताबारे उनी छलफलमा जुटेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्