site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दैलेखको दुल्लुमा नबिल बैंकको २६८औँ शाखा

दैलेख । नबिल बैंकले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८औँ शाखाका रूपमा दैलेखको दुल्लु नगरपालिकामा शाखा विस्तार गरेको जनाएको छ ।

योसँगै नबिल बैंकले दुल्लु नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रूपमा सेवा दिन सफल भएको जनाएको छ ।

दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधि, स्थानीय उद्यमी, व्यवसायी र सरोकारवालाको उपस्थितिमा गएको शुक्रबार उक्त शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ ।

नगरपालिकाका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रूपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम, व्यवसाय विस्तार गर्न यस शाखाले ठूलो सहयोग पुग्ने विश्वास लिएको छु ।”

नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीले ऐतिहासिक महत्त्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्