site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो ।”

पक्राउ परेका निज राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्