site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सूचनाका स्रोत फराकिलो भए पनि विचारहरू संकुचित हुँदैछन् : प्रमुख सचेतक परियार
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सूचनाका स्रोतहरू फराकिलो भए पनि विचारहरू संकुचित हुँदै गएको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताए । 

नेपालको समाज रुपान्तरण र समावेशी बनाउन साथै संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउन नेपालको पत्रकारिता जगतले भूमिका खेल्नुपर्ने बताए । संविधानमा व्यवस्था गरेका कुराहरूमा राजनीतिक पार्टीहरू सचेत छन् की छैनन् ? भन्ने कुरामा बहस हुन जरुरी रहेको उनको भनाइ छ । 

उनले भने, "आज आएर सूचनाका स्रोतहरू फराकिलो भए पनि विचारहरू संकुचित हुन थालेका छन् । नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ । नेपालको समाज रुपान्तरण र समावेशी बनाउन, संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भूमिका खेल्नुपर्छ ।" 

प्रमुख सचेतक परियारले ठूलो संघर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरू नै विश्वास गुमाउन थालेको बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्