site stats
बाह्रखरी :: Baahrakhari
देश
सेती नदीमा डुबेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । डोटीको शिखर नगरपालिका–८, लुवाखडीस्थित सेती नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरबहादुर तामाङ छन् । तामाङ सोमबार नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीको टोलीले उनको शव बुधबार फेला पारेको हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्