site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा दुई हजारले बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन तोलामा एक लाख ३६ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्