site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुहाङ १७ हजार मत नजिक, मिलन तीनहजार

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले १७ हजार मतको नजिक पुगेका छन् । नेम्वाङले १६ हजार ९४४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ११ हजार २७३ मत पाएका छन् । उनीहरूबीच पाँच हजार ६७१ मतान्तर छ ।  तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले नौ हजार ४४ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ८०३ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्